आज कुन देशको मुद्रा विनिमयदर कति ?
काठमाडौँ, २९, फागुन । आइतबार विदेशी मुद्राको विनिमयदर नेपाली रुपैयाँमा अमेरिकी डलर एकको खरिददर १२३ रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ २५ पैसा र बिक्रीदर १२२ रुपैयाँ ८५ पैसार पुगेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ १३ पैसा रबिक्रीदर १३४ रुपैयाँ ७९ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९रुपैयाँ ८२ पैसा र विक्रीदर १६०रुपैयाँ ६० पैसा रहेकोराष्ट्र बैंकले जनाएको छ ।
यस्तै,स्वीस फ्रेङ्कएकको खरिददर १३१ रुपैयाँ २३पैसा र विक्रीदर १३१ रुपैयाँ ८७ पैसा रहेकोछ भने अष्ट्रेलियन डलरएकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र विक्रीदर ८९ रुपैयाँ ८९ पैसा रहेको छ ।
यस्तै, जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ४६ पैसा र विक्रीदर १० रुपैयाँ ५१ पैसा रहेको छ भने चिनियाँ यूआन आज एकको खरिददर १९ रुपैयाँ ३० पैसा र विक्रीदर १९ रुपैयाँ ४० पैसा रहेकोबैंकले जनाएको छ ।









