पछिल्लो २४ घण्टामा नेपालमा ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ, २७, फागुन । पछिल्लो २४ घण्टामा नेपालमा ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९८१ जनामा कोरोना परीक्षण गर्दा उक्तसंख्याबराबरमा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १८९ जना निको भएका छन् । यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ६० हजार ६८६ पुगेको छ ।
नेपालमा अहिले ५ हजार २ सय १२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ जनाको कोरोनाका कारण ज्यान गएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५० जनाको ज्यान गुमाइसकेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा १ लाख २६ हजार १९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।









