image
image

७ महिनामा करिब साढे ५ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ, २७, फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालमा करिब साढे ५ खर्ब विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । चालु आर्थिक वर्षको सात महिनामा रेमिट्यान्समा ४.९ प्रतिशतले कमी आई रु.५ खर्ब ४० अर्ब १२ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजै सार्वजनिक गरेको चालु आवको माघम महिनासम्मको तथ्यांकले यस्तो देखाएको हो ।

गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ । गत वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २६५.९ प्रतिशतले वृद्धि भई १लाख ५२, हजार ३२५ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३.१ प्रतिशतलेघटेको थियो ।यस्तै, माघ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । सो अवधीसम्म २ लाख १०२ जनाले  वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्  । गते वर्षको सोही अवधिमा यस्तो संख्या ८५.४ प्रतिशतले घटेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।