image
image

फलामे डण्डीको मूल्य इतिहासकै उच्च

काठमाडौँ, २७, फागुन । निर्माणको सिजनमै निर्माण सामग्रीको मूल्य दिन प्रतिदिन आकाशिन थालेको छ । निर्माण सामग्रीमध्ये फलामे डण्डीको भाउ हालसम्मै उच्च बिन्दुमा पुगेको छ ।

काठमाडौँ उपत्यकामा फलामे छडको भाउ प्रतिकिलो १३५ रुपैयाँसम्म पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

‘डण्डीको भाउ धेरै बढेको छ’ नेपाल स्टिल बिलेट उत्पादक संघका अध्यक्ष विष्णु न्यौपानेले भन्छन्, ‘फलाडे डण्डीको भाउ ११०÷१२ रुपैयाँ प्रतिकिलोभन्दा माथि पुगेको थाहा थिएन, अहिले इतिहासकै महँगो भएको छ ।’नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले पछिल्लो १ देखि डेढ महिनाको अवधिमा फलामे डण्डी प्रतिकिलो ५० देखि ६० रुपैयाँले महँगिएको बताएका छन् । बुधबार महासंघले आयोजना गरेको पत्रकार सम्मलेनमा पाण्डेले डिजेलमा करिब ५० रुपैयाँ मूल्य बढेको बताएका हुन् ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गर्नु अगाडीसम्म नेपाली बजारमा डण्डीको भाउ प्रतिकिलो ९७ देखि १०५ रुपैयाँसम्म थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।