image
image

नेप्सेमा विभिन्न पदमा रोजगारीको अवसर, शैक्षिक योग्यता र आवेदन अवधी कति ?

काठमाडौँ, २७, फागुन ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । नेप्सेले रिक्त रहेका विभिन्न पदहरुमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्धारा विज्ञापन खुलाएको हो ।

नेप्सेले आन्तरिक प्रतियोगितातर्फ बरिष्ठ अधिकृत, उप–प्रबन्धक र सहायक प्रबन्धकमा कुल ४ जना कर्मचारी माग गरेको हो । सो पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता प्राप्त गरेको र एक तह मुनीको पदमा कम्तीमा तीन वर्ष सेवा गरेको हुनुपर्नेछ ।

इच्छुक योग्यता पुगेका व्यक्तिले आवश्यक सम्पूर्ण काजगातसहित नेप्सेको वेबसाइटबाट फाराम डाउनलोड गरी २१ दिनभित्र नेप्सेको पदपूर्ति समितिको सचिवालय भद्रकाली प्लाजा, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।यस्तै, खुला प्रतियोगितातर्फ अधिकृत, वरिष्ठ अधिकृत, प्रबन्धक र सहायक प्रबन्धक गरी कुल ६ जनाको लागि विज्ञापन खुलाएको छ । सो पदका लागि प्रशासन समूहतर्फ विश्वविद्यालयबाट स्नाकोत्तर उत्तीर्ण र प्राविधिक समूहतर्फका लागि सूचना प्रविधि, कम्प्युटर, इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।