आज कुन देशको मुद्रा विनिमयदर कति ?
काठमाडौँ, २७, फागुन । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ८० पैसा र विक्रीदर १२२ रुपैयाँ ४० पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ०६ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ३३ पैसा र बिक्रीदर १६१ रुपैयाँ १२ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४२ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५१ पैसा र बिक्रीदर १० रुपैयाँ ५६ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।









