image
image

जापानले माग्यो नेपाली कामदार, मासिक तलब २ लाख १६ हजार बढि

काठमाडौँ, २५, फागुन ।  जापानले नेपाली कामदारको माग गरेको छ । जापानको विभिन्न सहरमा रहेको विभिन्न कम्पनीले विभिन्न पदका लागि १० जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ५ दिन  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । भिसा शुल्क र हवाई टिकट निशुल्क रहेने छ । भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । कामदारले मासिक तलब १ लाख ५२ हजार माथिदेखि २ लाख १६ हजार बढि पाउनेछ । खान बस्नको व्यवस्था कामदार आफैले गर्नुपर्ने छ । इच्छुक कामदारले रोयल ओभरसिज नेपाल प्रालिको कार्यालय लाजिम्पाट काठमाडौंमा सम्पर्क गर्नु पर्ने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।