देशभर थपिए ८८ जना कोरोना संक्रमित
काठमाडौँ, २३, फागुन । देशभर थप ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ८८ जनामा संक्रमण पुष्टि भएको हो।
६ हजार १४५ जनाको पिसिआर गर्दा ६६ र २ हजार ४९३ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो। ८ हजार ६३८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
योसँगै देशभर ६ हजार १५० जना सक्रिय संक्रमित छन्।३७६ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।
यस्तै काठमाडौंमा २९ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २२, भक्तपुरमा १ र ललितपुरमा ६ संक्रमित थपिएका छन्।









