देशभर थपिए १०५ संक्रमित, काठमाडौं उपत्यकामा २५ जनामात्रै
काठमाडौँ, १९, फागुन । देशभर थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप १०५ जनामा संक्रमण पुष्टि भएको हो।
२ हजार ४४८ जनाको पिसिआर गर्दा ७० र २ हजार ४७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ४ हजार ९२४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
यसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ। हाल देशभर ७ हजार ५१७ जना सक्रिय संक्रमित छन्।३२० जना संक्रमणबाट निको भएका छन्। यस्तै, काठमाडौं उपत्यकामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जसमध्ये भक्तपुरमा २, ललितपुरमा ५ र काठमाडौंमा १८ गरी २५ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।









