देशभर थप १२७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १८, फागुन । देशभर थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १२७ जनामा संक्रमण पुष्टि भएको हो।
४ हजार ६७२ जनाको पिसिआर गर्दा १२३ र २ हजार २०२ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो। ६ हजार ८७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
योसँगै देशभर ७ हजार ७७० जना सक्रिय संक्रमित छन्। बिहीबार ३१२ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ।
यस्तै काठमाडौंमा ३० संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १८ भक्तपुरमा ४ र ललितपुरमा ८ संक्रमित थपिएका छन्।









