नेपालमा पछिल्लो २४ घण्टामा थपिए १५८ संक्रमित
काठमाडौँ, १७, फागुन । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १५८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ६ हजार ५०४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
पछिल्लो २४ घन्टामा ३५४ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।मन्त्रालयका अनुसार ४४५८ पिसिआर परीक्षणबाट र २०४६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।
हाल देशभर ७ हजार ९७१ जना कोरोनाका सक्रिय संक्रमित छन्।









