image
image

माघ महिनामा ५४ हजार बढिले लिए श्रम स्वीकृति

काठमाडौँ, १६, फागुन ।  माघ महिनामा संस्थागतरूपमा ३० हजार २ सय ९७ जनाको श्रम स्वीकृति भएको छ । वैदेशिक रोजगार विभागले तयार पारेको मासिक प्रगति प्रतिवेदनले यस्तो देखाएको हो ।  

वैधानिक माध्यमबाट ७ सय ५३ जना र पुनः श्रम स्वीकृतिका माध्यमबाट २० हजार ९ सय ६५ जनाको श्रम स्वीकृति भएको छ । समग्रमा माघ महिनामा ५४ हजार ४ सय ६५ जनाको श्रम स्वीकृति भएको छ । 


माघमा गएका ५४ हजार ४ सय ७० कामदारमध्ये उच्च दक्ष कामदारको संख्या ११, व्यावसायिक सीप भएका कामदारको संख्या ७४, अर्धदक्ष कामदारको संख्या ५ हजार ६ सय ९८, दक्ष कामदारको संख्या २० हजार ३ सय ६४ र कुनैपनि काममा सीप नभएका कामदारको संख्या २८ हजार ३ सय २१ रहेको छ । यस्तै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमा अदक्ष कामदारको बाहुल्यता यथावत रहेको छ । माघ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका ५४ हजार ४ सय ७० कामदारमध्ये अदक्ष कामदारको हिस्सा आधाभन्दा बढी छ ।

विदेशमा सीपयुक्त जनशक्तिको माग निरन्तररूपमा बढे पनि नेपालबाट जाने कामदारमा सो अनुसार सीप र दक्षता बढ्न नसक्दा आमदानी पनि बढ्न नसकेको विज्ञहरूको भनाइ रहँदै आएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।