पछिल्लो २४ घण्टामा नेपालमा १८० जनामा कोरोना पुष्टि
काठमाडौँ, १६, फागुन । पछिल्लो २४ घण्टामा नेपालमा १८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ३४१ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ४०० जना निको भएका छन् । नेपालमा अहिले आठ हजार २ सय ३५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यही अवधिमा १ जना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ३६ जनाको ज्यान गएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ४१ हजार १२१ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।









