image

जनगणना कार्यका लागि महिलाको आकर्षण बढी 

काठमाडौँ। राष्ट्रिय जनगणना कार्य २०७८ का लागि महिलाको आकर्षण बढी देखिएको छ । सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक गणक र सुपरिवेक्षक पदमा गरेको विज्ञापनमा महिलाको आवेदन बढी परेको छ । आगामी २०७८ साल जेठ २५ देखि असार ८ गतेसम्म हुने जनगणनाका लागि उक्त जनशक्ति करार सेवामा लिन लागिएको छ।

विभागले गत माघ ११ गते ३९ हजार गणक र आठ हजार जना सुपरिवेक्षक करार सेवामा लिन विज्ञापन गरेको थियो । दुवै पदमा पुरुषको तुलनामा महिलाको आवेदन बढी परेको छ ।  यसका लागि आगामी चैत ११ गतेसम्ममा आवेदन दिन सकिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । 

आइतबारसम्ममा ८४ हजार २८० जना आवेदकले अनलाइन माध्यमबाट दिएको आवेदनमा महिला ४६ हजार ३२४, पुरुष ३७ हजार ९०२ जना र तेस्रो लिङ्गी ५४ जनाले आवेदन दिएका छन् । त्यस क्रममा २९ हजार २३२ जनाले दिएको आवेदनको रुजु गर्न बाँकी छ । उक्त सङ्ख्यामध्ये गणक पदमा महिला ३४ हजार ८१८ र पुरुष २७ हजार १०५ जना र सुपरिवेक्षक पदमा महिला तीन हजार १५४ र पुरुष तीन हजार ७९२ जनाले आवेदन दिएका छन् । 

गणक र सुपरिवेक्षक दुवै पदमा आवेदन दिनेमा पनि पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ । दुवै पदमा आवेदन दिने महिला आठ हजार ३५२ र पुरुष सात हजार पाँच जना छन् । योसंगै समयावधि सकिँदासम्म आवेदकको संख्या करिब दुई लाख पुग्ने अनुमान गरिएको छ। पछिल्लो समय बेरोजगारको सङ्ख्या बढ्दै गएकाले आवेदन दिनेको सङ्ख्यामा वृद्धि भएको हुन सक्ने विभागका निर्देशक ढुङ्डीराज लामिछानेले बताए। 

चैत १ गतेदेखि प्रत्येक प्रदेश र जिल्लामा जनगणना कार्यालय खोलिने, चैत ५ देखि ११ गतेसम्म दरखास्त फाराम सम्बन्धित प्रदेश र जिल्ला कार्यालयमा पनि बुझाउन सकिने व्यवस्था गरिएको छ । आगामी वर्ष गरिने जनगणनाका लागि ‘मेरो गणना मेरो सहभागिता’भन्ने नारा तय गरिएको छ । आगामी असार ८ गतेलाई सरकारले जनगणना दिवसका रूपमा मनाउँदै छ । नेपालमा १९६८ सालमा पहिलो पटक जनगणना गरिएको थियो ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।