पछिल्लो २४ घण्टामा नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १२, फागुन । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ३१८ जनामा संक्रमण पुष्टि भएको हो।
५ हजार ५०८ जनाको पिसिआर गर्दा १५१ र २ हजार २३५ जनाको एन्टिजेन परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो। ७ हजार ७४३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
योसँगै देशभर ९ हजार ६७८ जना सक्रिय संक्रमित छन्।बिहीबार ५६२ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।









