पछिल्लो २४ घण्टामा नेपालमा थपिए ३१२ कोरोना संक्रमित
काठमाडौँ, ११, फागुन । देशभर थप ३१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता मिश्राका अनुसार बुधबार थप ३१२ जनामा संक्रमण पुष्टि भएको हो।
५ हजार १०३ जनाको पिसिआर गर्दा २५६ र ३ हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको हो। ८ हजार ६९३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
योसँगै देशभर १० हजार ९० जना सक्रिय संक्रमित छन्। बुधबार ९११ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ।
यस्तै काठमाडौं उपत्यकामा जम्मा ८७ जनामा संक्रमण पुष्टि भएको हो। त्यसमध्ये ललितपुरमा १०, भक्तपुरमा १० र काठमाडौंमा ६७ जना संक्रमित थपिएका छन्।









