काठमाडौं उपत्यकामा थपिए १२६ संक्रमित
काठमाडौँ, १०, फागुन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२६ जना कोभिड संक्रमित थपिएका छन् ।काठमाडौंमा १०१, भक्तपुरमा १५ र ललितपुरमा १० जना संक्रमित थपिएका हुन् ।
आजसम्म काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार २९ रहेको छ । आज देशभर १० हजार ३६७ जना होम आइसोलेसनमा, ३८० जना संस्थागत आइसोलेसनमा, ११५ जना आईसीयू तथा १९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।









