image
image

 पछिल्लो २४ घण्टामा थप ३८८ जनामा संक्रमण पुष्टि

काठमाडौँ, ९, फागुन ।  नेपालमा थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ८ हजार १४० जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 


यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ जनाले ज्यान गुमाएका छन्। एक हजार २०५ जना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ। ५ हजार २२५ जनामा पिसिआर गर्दा २४७ जनामा र २ हजार ९१५ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनामा संक्रमण पुष्टि भएको हो। 


यस्तै काठमाडौं उपत्यकामा ९६ संक्रमित थपिएका छन्। काठमाडौंमा ७७, भक्तपुरमा ८ र ललितपुरमा ११ जना संक्रमित थपिएका हुन्।अहिले देशभर ११ हजार २८२ सक्रिय संक्रमित छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।