काेराेना भाइरसबाट विश्वभर ५८ लाख ८६ हजारकाे मृत्यु
काठमाडौँ, ९, फागुन । कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् ।
भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो-अमेरिका । अमेरिकामा हालसम्म ९ लाख ३५ हजार ३३५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ६ लाख ४४ हजार ५९२ जनाले ज्यान गुमाइसकेका छन् ।
छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ५ लाख १२ हजार १०९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
यसैगरी मेक्सिकोमा ३ लाख १५ हजार ५२५, पेरुमा २ लाख ९ हजार ४६८, रुसमा ३ लाख ३८ हजार ५९५, बेलायतमा १ लाख ६१ हजार १४८, इटालीमा १ लाख ५२ हजार ९८९ र कोलम्बियामा १ लाख ३८ हजार १०६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।









