image
image

देशिक रोजगार बोर्डले आफ्नो भुक्तानी कारोबारहरुलाई एनपीआईमा जोड्यो

काठमाडौँ, ६, फागुन ।  वैदेशिक रोजगार बोर्डले आफ्नो भुक्तानी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा जोडेको छ । 

बिहीबार भुक्तानीहरु पूर्ण स्वचालितरुपमा गर्न बोर्डले एनपीआईसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा बोर्डका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बोर्डले आफ्नो भुक्तानी प्रणालीलाई एनपीआई प्रणालीसँग जोडी सोझै सेवाग्राहीहरुको बैंक खातामा भुक्तानी हुने भएको छ । यसअघि बोर्डले भुक्तानी चेक मार्फत गर्दै आएको थियोे । नयाँ प्रणालीले सेवा प्रवाहमा सुधार आउनुका साथै सेवाग्राहीले पाउनुपर्ने भुक्तानी सहजरूपमा पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।