image
image

काठमाडौं उपत्यकामा थप १९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ५, फागुन ।  काठमाडौं उपत्यकामा थप १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

काठमाडौंमा मात्रै १६२, ललितपुरमा २५ र भक्तपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै उपत्यकामा ७ हजार १५२ जना सक्रिय संक्रमित छन्। 

यस्तै नेपालमा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ३ हजार ६५२, भक्तपुरमा एक हजार ५ र ललितपुरमा २ हजार ४९५ जना सक्रिय संक्रमित छन्। 

९ हजार ७८९ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 

७ हजार २८ जनाको पिसिआर परीक्षण र २ हजार ७६१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पिसिआरबाट ३६४ र एन्टिजेनबाट २०६ जनामा संक्रमण पुष्टि भएको हो। 

कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएका छन्। यस्तै एक हजार ९९३ जना संक्रमणबाट निको समेत भएका छन्। 

देशभर १६ हजार ६१६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।