नेपालमा थप ५७० जनामा कोरोना संक्रमण
काठमाडौँ, ५, फागुन । नेपालमा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। ९ हजार ७८९ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएका छन्। यस्तै एक हजार ९९३ जना संक्रमणबाट निको समेत भएका छन्। ७ हजार २८ जनाको पिसिआर परीक्षण र २ हजार ७६१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पिसिआरबाट ३६४ र एन्टिजेनबाट २०६ जनामा संक्रमण पुष्टि भएको हो।
देशभर १६ हजार ६१६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा थप १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौंमा मात्रै १६२, ललितपुरमा २५ र भक्तपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
योसँगै उपत्यकामा ७ हजार १५२ जना सक्रिय संक्रमित छन्।
काठमाडौंमा ३ हजार ६५२, भक्तपुरमा एक हजार ५ र ललितपुरमा २ हजार ४९५ जना सक्रिय संक्रमित छन्।









