image
image

शेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ, ५, फागुन ।  साताको अन्तिम कारोबार दिन (बिहीबार) पनि शेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचकसँगसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.९३ अंकले घटेर २७३२.५२ विन्दुमा झरेको छ । नेप्से ०.०७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक भने स्थिर रहेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको शेयर घटेको छ । कारोबारमा आएका कूल २३३ वटा कम्पनीको ४० लाख १७ हजार ४ सय २९ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब २७ करोड ८१ लाख ७३ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड ३७ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको शेयरमूल्य ६.४७ प्रतिशतले बढेर ६ सय २५ रूपैयाँ पुगेको छ । 

यस दिन राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरको मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको संस्थापक सेयरको मूल्य ४.४६ प्रतिशतले घटेर १६ हजार ५१ रूपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।