image
image

बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ, ४, फागुन । साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.८४ अंकले घटेर २७३४.४४ विन्दुमा पुगेको छ । नेप्से ०.७२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.४७ अंकले घटेर ५१८.६६ विन्दुमा पुगेको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको सेयर घटेको छ भने बाँकी २ वटा उपसमूहको शेयर बढेको छ । अन्य उपसमूह र लाइफ इन्स्योरेन्स बढेको हो ।अन्तिम समयसम्म कारोबारमा आएका कूल २३१ वटा कम्पनीको ५६ लाख ५२ हजार एक सय ८२ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७ सय ८४ रूपैयाँ बराबरको कारोबार भएको  छ ।

बुधबार अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २१ करोड १४ लाख ६५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । संस्थाको शेयरमूल्य ३.४४ प्रतिशतले बढेर एक हजार ३ सय ५५ रूपैयाँ पुगेको छ । 

यस दिन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरको मूल्य सबैभन्दा धेरै घटाएको छ । कम्पनीको संस्थापक शेयरको मूल्य ५.९६ प्रतिशतले घटेर प्रतिकित्ता ४ सय ७० रूपैयाँ २० पैसामा झरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।