काठमाडौं उपत्यकामा थपिए २०१ कोरोना संक्रमित
काठमाडौँ, ४, फागुन । काठमाडौं उपत्यकामा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६४, भक्तपुरमा १२ र ललितपुरमा २५ संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा थप ६३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ९ हजार ७५६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। नेपालमा थप ६३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
६ हजार ७८२ जनामा पिसिआर गर्दा ५४८ जनामा र २ हजार ९७४ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा संक्रमण पुष्टि भएको हो।
यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन्। एक हजार ६०० जना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ।
अहिले देशभर १८ हजार २५१ सक्रिय संक्रमित छन्।









