image
image
पछिल्लो २४ घण्टामा नेपालमा थप ६३९ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ६३९ जनामा संक्रमण पुष्टि

काठमाडौँ, ४, फागुन ।  नेपालमा थप ६३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ६३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ९ हजार ७५६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 


यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन्। एक हजार ६०० जना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ। ६ हजार ७८२ जनामा पिसिआर गर्दा ५४८ जनामा र २ हजार ९७४ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा संक्रमण पुष्टि भएको हो। 

अहिले देशभर १८ हजार २५१ सक्रिय संक्रमित छन्। 

हालसम्म ११ हजार ९०५ जनाको संक्रमणबाट मृत्यु भएको छ।

यस्तै काठमाडौं उपत्यकामा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १६४, भक्तपुरमा १२ र ललितपुरमा २५ संक्रमित थपिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।