काठमाडौं उपत्यकामा थप २०९ जनामा कोरोना पुष्टि
काठमाडौँ, ३, फागुन । काठमाडौं उपत्यकामा थप २०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार उपत्यकामा थप २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौंमा १७०, ललितपुरमा २४ र भक्तपुरमा १५ संक्रमित थपिएका हुन्।
त्यसमध्ये काठमाडौंमा मात्रै ४ हजार १८८, ललितपुरमा २ हजार ६०४ र भक्तपुरमा एक हजार ११३ जना सक्रिय संक्रमित छन्।योसँगै अहिले उपत्यकामा ७ हजार ९०५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
यस्तै देशभर पछिल्लो २४ घण्टामा थप ६८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। ७ हजार ९५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
४ हजार २५६ जनामा पिसिआर गर्दा ४९८ जनामा र २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण गर्दा १८२ जनामा संक्रमण पुष्टि भएको हो।
यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाले ज्यान गुमाएका छन्। एक हजार ८३५ जना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ।
अहिले देशभर १९ हजार ४ सय सक्रिय संक्रमित छन्।









