image
image

पुस महिनामा कनेक्ट आईपीएसबाट करिब साढे २ खर्बको कारोबार

काठमाडौँ, ३, फागुन । पुस महिनामा कनेक्ट आईपीएस मार्फत करिब साढे २ खर्बको कारोबार भएको छ । पुस महिनामा कनेक्ट आईपीएस मार्फत २ खर्ब ४७ अर्बको कारोबार भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार मङ्सिर महिनामा २ खर्ब २८ अर्बको कारोबार भएको थियो । 

क्युआर कोड मार्फत भने पुसमा ६ अर्ब ५२ करोडको कारोबार भएको छ । मङ्सिरमा क्युआर कोड मार्फत भएको कारोबार ६ अर्ब २८ करोड कारोबार भएको थियो । पुस महिनासम्ममा  कनेक्ट आईपीएसका ग्राहक ७ लाख ६४ हजार पुगेका छन् । मङ्मसिर महिनामा यो संख्यामा ७ लाख ४० हजार थियो । 

पुस महिनामा एटिएम मार्फत हुने कारोबार पनि बढेको छ । मङ्सिरमा एटिएमबाट ५९ अर्ब ९० करोड नगद निकालिएकोमा पुसमा भने ६९ अर्ब २९ करोड नगद निकालिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।