image
image

काठमाडौं उपत्यकामा थप १५० जनामा कोरोना संक्रमण

काठमाडौँ, १, फागुन ।  काठमाडौं उपत्यकामा थप १५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आइतबार थप १५० जनामा संक्रमण पुष्टि भएको हो। 

योसँगै उपत्यकामा हाल सक्रिय संक्रमितको संख्या ९ हजार ६६७ छ। काठमाडौंमा मात्रै ५ हजार ६११, ललितपुरमा २ हजार ८०३ र भक्तपुरमा १ हजार २५३ सक्रिय संक्रमित छन्। काठमाडौंमा ९७ जना, ललितपुरमा ४४ र भक्तपुरमा ९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। 

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार ११५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।६ हजार ३७ जनाको पिसिआर गर्दा ४२७ र ४०७८ जनाको एन्टिजेन परीक्षण ९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाले ज्यान गुमाएका छन्। यस्तै ३ हजार ९३५ जना निको भएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।