मलेसियास्थित नेपाली दूतावासद्धारा नेपाली कामदारको मागपत्र प्रमाणीकरण शुरू
काठमाडौँ, १, फागुन । मलेसियास्थित नेपाली दूतावासले नेपाली कामदारको मागपत्र प्रमाणीकरण शुरू गरेकोे छ । नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियामा कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारी शुरू भएपछि सन् २०२० को मार्चदेखि नेपाली कामदार जान पाएका थिएनन् ।
नियन्त्रण गर्न भन्दै मलेसिया सरकारले सन् २०२० को मार्चदेखि विदेशबाट कामदार ल्याउन रोकेको भएपनि नेपाली कामदारको श्रम स्वीकृति त्यसअघि नै रोकिएको थियोे ।मलेसिया सरकारको आवागमन नियन्त्रण आदेशपश्चात मलेसियास्थ्ति नेपाली दूतावासले नेपाली कामदारको मागपत्र प्रमाणीकरण बन्द गरेको थियो ।
मागपत्रसम्बन्धी कागजात भने सोमबार नै दूतावासमा बुझाउनुपर्ने छ । मागपत्रसम्बन्धी कागजात पेश गर्नुअघि दूतावासले उपलब्ध गराएको अनलाइन फारम भरेर पेश गर्ने समय लिनुपर्नेछ । मलेसिया सरकारले प्लानटेशनमा जनवरी २८ र अन्य क्षेत्रमा फेब्रुअरी १४ देखि विदेशी कामदारको एप्रुभल खुलेको बताएको छ । यद्यपि नेपाली दूतावासले नयाँ मागपत्र नआएको बताएको छ । मागपत्रसम्बन्धी कागजपत्र प्रमाणीकरणको काम मंगलबार, बुधबार र बिहीबार गरी हप्ताको तीन दिन हुने दूतवासले जनाएको छ ।









