नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय बढीमा कोरोना पुष्टि
काठमाडौँ, २७, माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ६९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ११ हजार ८८० जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
मन्त्रालयका अनुसार १०१३ पिसिआर परीक्षणबाट र ३५६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा २२३८ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा १२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
हाल देशभर २९ हजार ४ जना कोरोनाका सक्रिय संक्रमित छन्।
यस्तै काठमाडौं उपत्यकामा ३२९ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २३५, ललितपुरमा ६४ र भक्तपुरमा ३० संक्रमित थपिएका छन्।









