image
image

काठमाडौं उपत्यकामा थप ४ सय ५१ जनामा कोरोना संक्रमण

काठमाडौँ, २५, माघ ।  काठमाडौं उपत्यकामा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४ सय ५१ जनामा कोरोना पुष्टि भएको हो।

जसमध्ये काठमाडौंमा ३ सय ३८, ललितपुरमा ७० र भक्तपुरमा ४३ जना संक्रमित थपिएका हुन्। योसँगै उपत्यकामा १६ हजार ८ सय २९ सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ८ हजार ९ सय ४२, ललितपुरमा ५ हजार २ सय ८३ र भक्तपुरमा २ हजार ६ सय ४ जना सक्रिय संक्रमित छन्।

यस्तै देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ५७ जनामा कोरोना पुष्टि भएको छ। १२ हजार ६९२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।मन्त्रालयका अनुसार ८५८७ पिसिआर परीक्षणबाट ११८४ र ४१०५ एन्टिजेन परीक्षणबाट ७७३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ५१०३ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ११ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।