image
image
उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २३, माघ ।  काठमाडौं उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५६६ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये काठमाडौंमा ४१०, ललितपुरमा १२४ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन्। 

योसँगै उपत्यकामा २१ हजार ८७९ सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ९ हजार ८५८, ललितपुरमा ८ हजार ८६१ र भक्तपुरमा ३ हजार १६० जना सक्रिय संक्रमित छन्।

देशभर पछिल्लो २४ घण्टामा थप १३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार ९ हजार २५१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 

६ हजार ४४३ जनाको पिसिआर गर्दा ११८३ जना र २ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।   

योसँगै नेपालमा ४५ हज २४८ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ८७०४ जना निको समेत भएका छन्। 

यसको संक्रमणबाट थप ११ जनाले ज्यान गुमाएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।