भारतमा १ लाख ४९ हजार बढिमा कोरोना पुष्टि हुँदा २ लाख ४६ हजार धेरै डिस्चार्ज
काठमाडौँ, २१, माघ । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ४९ हजार ३९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस्तै सोही अवधिमा संक्रमणका कारण थप १ हजार ७२ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा ५ लाख ५५ जनाको मृत्यु भइसकेको छ । यस्तै, संक्रमण २ लाख ४६ हजार ३९४ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या १४ लाख ३५ हजार ५६९ पुगेको छ ।









