पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ७४५ जना कोभिड संक्रमित
काठमाडौँ, २१, माघ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७४५ जना कोभिड संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५७०, भक्तपुरमा ५५ र ललितपुरमा १२० जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन् ।
काठमाडौंमा १६ हजार ३, ललितपुरमा ९ हजार ३५१ र भक्तपुरमा ३८२९ जना गरि उपत्यकामा सक्रिय संक्रमितको संख्या ३५ हजार ७४८ पुगेको छ।
पछिल्लो २४ घन्टामा मुलुकभर २५२६ जना संक्रमित थपिएका छन्। ८४२५ संक्रमित निको हुँदा १६ जनाले ज्यान गुमाएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर र एन्टिजेन गरि ११०७३ जनामा परिक्षण गरिएको थियो।
हाल मुलुकभर ५६४५७ सक्रिय सक्रमित रहेका छन्।









