काठमाडौं उपत्यकामा थपिए ११२३ संक्रमित
काठमाडौँ, १९, माघ । काठमाडौं उपत्यकामा ११२३ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८६८, भक्तपुरमा ८५ र ललितपुरमा १७० संंक्रमित थपिएका हुन्।
यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ११ हजार ५८२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
मन्त्रालयका अनुसार २२०५ पिसिआर परीक्षणबाट र १४३२ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।पछिल्लो २४ घन्टामा ७५५५ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
हाल देशभर ६९ हजार २९१ जना कोरोनाका सक्रिय संक्रमित छन्।









