काठमाडौं उपत्यकामा थपिए १९०७ संक्रमित
काठमाडौँ, १८, माघ । काठमाडौं उपत्यकामा १९०७ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४०४, भक्तपुरमा १९५ र ललितपुरमा ३०८ संक्रमित थपिएका हुन्।
यसैगरी काठमाडौं उपत्यकामा ४४ हजार ५३१ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २९५२०, ललितपुरमा ९७२३ र भक्तपुरमा ५२८८ सक्रिय संक्रमित छन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १७ हजार ६७४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
मन्त्रालयका अनुसार ३६५७ पिसिआर परीक्षणबाट र १९२६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा ८२६७ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
हाल देशभर ७४ हजार ६५३ जना कोरोनाका सक्रिय संक्रमित छन्।









