image
image

बैंकहरुको निक्षेप ३ दिनमा ११ अर्बले बढ्यो

काठमाडौँ, १७, माघ । बैंक तथा वित्तिय संस्थाहरुको  निक्षेप पछिल्ला ३ दिनमा ११ अर्ब रुपैयाँ बढेको छ  । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार माघ १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। गत माघ १३ गतेसम्म कुल निक्षेप ४८ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको हो।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले मात्र बढेको छ। गत माघ ३ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा बढेर ४६ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। यसैगरी यो ३ दिनमा वाणिज्य बैंकहरुको निक्षेप पनि ५ अर्ब रुपैयाँले बढेको छ। गत माघ १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब १ अर्ब रुपैयाँ रहेकोमा माघ १६ गतेसम्म बढेर ४३ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। 

वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले बढेर माघ १६ गते कुल कर्जा लगानी ४१ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ। गत माघ १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो। 

बैंकिङ प्रणालीमा निक्षेप बढ्न थालेपछि औसत सीडी रेसियोमा पनि सुधार हुँदै गएको छ। गत माघ १३ गतेसम्म औसत सीडी रेसियो ९०.४८ प्रतिशत रहेकोमा माघ १६ गतेसम्म घटेर ९०.३३ प्रतिशतमा झरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।