image
image

थप ३५४० जनामा कोरोना संक्रमण, ६३५९ जना भए निको

काठमाडौँ, १६, माघ । नेपालमा थप ३५४० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

९९१० जनाको पिसिआर परीक्षण गर्दा ३०४९ जनामा र ३२३५ जनामा एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। १३१४५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा नेपालमा ६३५९ जना निको भएका छन्। यस्तै पछिल्लो चार दिनमा ३२ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

हाल नेपालमा ८३ हजार ९९९ जना सक्रिय संक्रमित छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।