image
image

भारतमा २४ घण्टाभित्र २ लाख ३४ हजार कोरोना संक्रमित थपिए

काठमाडौँ, १६, माघ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

आइतबार बिहान भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २८१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ८९३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

त्यस्तै, भारतभर पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ७८४ जना संक्रमित निको भएका छन् । हाल भारतमा १८ लाख ८४ हजार ९३७ जना सक्रिय संक्रमित छन् । यसबाहेक, दैनिक र साप्ताहिक संक्रमण दर क्रमश: १४.५ र १६.४ प्रतिशत रहेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

यसैबीच, भारतका स्वास्थ्य मन्त्री मनसुख मन्डाभियाले ७५ प्रतिशत वयस्कले कोभिड खोपको पूर्ण डोज लगाएको बताएका छन् । पूर्ण खोप लगाउनेको संख्या ७५ प्रतिशत पुगेको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई बधाइ दिएका छन् ।

‘७५ प्रतिशत वयस्कले पूर्ण खोप लगाउनु भएको छ’, मोदीले ट्विटरमा लेखेका छन्, ‘यो ऐतिहासिक सफलताका लागि हाम्रा नागरिकलाई बधाई । हाम्रो खोप अभियानलाई सफल बनाउनु हुने सबैप्रति गर्व छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।