image
image

काठमाडौं उपत्यकामा थपिए २ हजार ९ सय ४० संक्रमित

काठमाडौँ, १४, माघ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार ९ सय ४०  जना संक्रमित थपिएका छन्। काठमाडौंमा २१५३, भक्तपुरमा २६८ र ललितपुरमा ५१९ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १९ हजार ८ सय ६९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।यस्तै काठमाडौं उपत्यकामा ५४ हजार ३५ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३८०२२, ललितपुरमा १०३१९ र भक्तपुरमा ५६९४ सक्रिय संक्रमित छन्।नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

मन्त्रालयका अनुसार ४८०७ पिसिआर परीक्षणबाट र  २०२० एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।पछिल्लो २४ घन्टामा ५४३२ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ८९ हजार ९४१ जना कोरोनाका सक्रिय संक्रमित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।