image
image

बीमा समितिले गर्‍यो नेपाल लाइफ १० हजारको जरिवाना

काठमाडौँ, १४, माघ । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई जरिवाना गर्ने भएको छ । बीमासमितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेकालाई सहायक महाप्रवन्धक नियुक्ति गरेपछि कम्पनीलाई समितिले १० हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको हो  ।

साथ उक्त कम्पनीबाट आवश्यक प्रतिवेदन÷विवरण झिकाई अध्ययन गर्दा पनि कम्पनीले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्थाको  उल्लङ्घन गरेको देखिएको समितिले जनाएको छ ।कम्पनीले अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुक्ति गरेको छ । कम्पनीले बीमा समितिबाट जारी निर्देशिका बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्ने उजुरी समितिमा प्राप्त भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।