image
image

राष्ट्र बैंकले १० करोड ४८ करोड रुपैयाँ लगानी गर्दै

काठमाडौँ, १४, माघ ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा विभिन्न कोषमा रहेका १० करोड ४८ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा ८ अर्ब ३९ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा १ करोड ५७ लाख रुपैयाँ र फाइनान्समा ५२ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ।

बैंकले मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न आह्वान गरेको छ। यसका लागि माघ १८ गते १२ बजेसम्म बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा इमेलमार्फत ब्याजदर प्रस्ताव पेस गर्नुपर्नेछ।

यस्तो लगानी आउँदो फागुन २ गतेदेखि २०७९ फागुन १ गतेसम्म ३६५ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

यस्तो मुद्दति निक्षेपका रुपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुको राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्नेछ। 

त्यस्तै निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्नेछ भने खुद तरलता सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।