image
image

साताको अन्तिम कारोबार दिन नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौँ, १३, माघ । साताको अन्तिम कारोबार दिन (बिहीबार) शेयर बजारमा सामान्य अंकको वृद्धि देखिएको छ । कारोबारको पहिलो दिन आइतबारदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.३३ अंकले बढेर २७७९.९८ विन्दुमा पुगेको छ । नेप्से ०.१२ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.३८ अंकले बढेर ५१८.७२ विन्दुमा पुगेको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको शेयर घटेको छ ।कारोबारमा आएका कूल २२४ वटा कम्पनीको ६६ लाख ७५ हजार २ सय ३१ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६ सय ८४ रूपैयाँ ३ पैसा बराबरको कारोबार भएको छ ।

बिहीबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २० करोड २ लाख रूपैयाँ बराबरको कारोबार भएको हो । 

बिहीबार २ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । विन नेपाल लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ३ सय ३८ रूपैयाँ २० पैसा पुगेको छ । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ९ रूपैयाँ ५० पैसा पुगेको छ । 

आज सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । बैंकको ेशयरमूल्य ४.१४ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ४५ रूपैयाँ १० पैसामा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।