सुनको भाउ घट्यो
काठमाडौँ, १३, माघ । आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ९४ हजार ४ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा आईपुगेको छ ।
तेजाबी सुनको भाउ पनि तोलामा ९ सयले नै घटेर प्रतितोला ९३ हजारमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ९० रुपैयाँमा झरेको छ ।









