image
image
उपत्यकामा थपिए यति धेरै संक्रमित

उपत्यकामा थपिए यति धेरै संक्रमित

काठमाडौँ, ११, माघ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ६१७२ जना कोरोनामा नयाँ संक्रमित फेला परेका छन्। यो कुल संक्रमितको आधा भन्दा बढी हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५६ हजार ८ सय ८२ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४१ हजार ६ सय ३३, भक्तपुरमा ५५८१ र ललितपुरमा ९६६८ जना सक्रिय सक्रमित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २५ हजार ९ सय ९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।पछिल्लो २४ घन्टामा काठमाडौंमा ४८७५, भक्तपुरमा ५१५ र ललितपुरमा ७८२ जना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार १८१०३ पिसिआर परीक्षणबाट ९ हजार ४ सय ३२ र ७८०६ एन्टिजेन परीक्षणबाट २५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ३०४० जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ८८ हजार ९३४ जना कोरोनाका सक्रिय संक्रमित छन्।पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६१७२ जना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८७५, भक्तपुरमा ५१५ र ललितपुरमा ७८२ जना संक्रमित थपिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
100%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।