पछिल्लो २४ घन्टामा थपिए १२ हजार कोरोना संक्रमित, ८ को मृत्यु
काठमाडौँ, ११, माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २५ हजार ९ सय ९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
पछिल्लो २४ घन्टामा ३०४० जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।मन्त्रालयका अनुसार १८१०३ पिसिआर परीक्षणबाट ९ हजार ४ सय ३२ र ७८०६ एन्टिजेन परीक्षणबाट २५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
हाल देशभर ८८ हजार ९३४ जना कोरोनाका सक्रिय संक्रमित छन्।पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६१७२ जना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८७५, भक्तपुरमा ५१५ र ललितपुरमा ७८२ जना संक्रमित थपिएका छन्।









