image
image

नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौँ, ११, माघ । साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजारमा झिनो गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.९२ अंकले घटेर २८१४.७४ विन्दुमा झरेको छ । नेप्से ०.२१ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.१७ अंकले घटेर ५२४.८६ विन्दुमा झरेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज लाइफ इन्स्योरेन्स उपसमूहबाहेक बाँकी सबै उपसमूहको शेयर घटेको छ ।कारोबारमा आएका कूल २२९ वटा कम्पनीको ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रूपैयाँ २ पैसा बराबरको कारोबार भएको छ ।

आज एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड ९४ लाख ५१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

मंगलबार विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर एक हजार एक सय ६ रुपैयाँ पुगेको छ । यस दिन बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेको छ । 

यस दिन १०.३५ प्रतिशत कृषि विकास बैंक डिबेञ्चर २०८३ को शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य ८.३४ प्रतिशतले घटेर एक हजार रूपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।