२ महिनामै बिटक्वाइनको मूल्यमा ५० प्रतिशत गिरावट
काठमाडौँ, ११, माघ । विश्वकै लोकप्रिय क्रिप्टोरेन्सी बिटक्वाइनको मूल्य नोभेम्बरको तेस्रो साताबाट गिरावट आउन थालेको हो । पछिल्लो २ महिनामै यसको मूल्यमा ५० प्रतिशत गिरावट आइसकेको छ ।
बिटक्वाइनको मूल्यले नोभेम्बरको दोस्रोमा उच्च रेकर्ड बनाएको थियो । त्यतिबेला यो डिजिटल मुद्रा ६८ हजार ९९० अमेरिकी डलरमा कारोबार भएको थियो।
बिटक्वाइन सन् २०२२ को सुरुआतसँगै हालसम्म २० प्रतिशतले गिरावट आएको छ। गएको २४ घण्टामा मात्रै ८ प्रतिशतले ओरालो लागेको बिटक्वाइन हालको मूल्य ३३८४० डलरमा झरेको छ।
यसरी क्रिप्टोकरेन्सको मूल्यमा गिरावट आउनुमा अमेरिकी फेडरल रिजर्भ बैंकले यी डिजिटल मुद्रालाई अविश्वास गर्नु तथा रसियन सरकारले प्रतिबन्ध लगाउनजस्ता कारण मानिएका छन्।
नेपालमा गैरकानुनी रहेको क्रिप्टोकरेन्सको कारोबार भइरहेको सूचना पाएपछि नेपाल राष्ट्र बैंकले हिजोमात्र निकै कडा सूचना जारी गरेको थियो। राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबारमा संलग्नहरुलाई कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ।