आज कुन तरकारीको मूल्य कति पुग्यो ? (मूल्य सूचीसहित)
काठमाडौँ, ११, माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटी तरकारी बजार विकास समितिले जारी गरेको मूल्य सूचीका अनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ, रातो आलुको मूल्य औसत प्रतिकेजी ३७ रुपैयाँ रहेको छ । र, रातो आलु (भारतीय) को औसत प्रतिकेजी २९ रुपैयाँ रहेको छ ।
यसैगरी, नेपाली गोलभेँडा (ठूलो) औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ भने स्थानीय काउलीको ४५ रुपैयाँ प्रतिकेजी औसत मूल्य कायम गरिएको छ । अन्य तरकारीको मूल्य कति छ ?









